दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल !
काठमाडौं । दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई बाँके प्रहरीले सात वर्ष पछि नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–२ का ७५ वर्षीय हनिफ शेष छन् । शेषसहित उनको श्रीमती सहजत खाँ र छोरा फरिज शेष (ढपाली) ले फरिजको श्रीमती २३ वर्षीय रिहान शेष (ढपाली) को शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । घटना २०७० चैत २ गते रातिको हो । दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै श्रीमान र सासु ससुरा मिलेर रिहान सुतेको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए । घटना पछि रिहानका श्रीमान र सासु फरार छन् । तीन जनाविरुद्ध रिहानका बुबा बाँके डुडुवा गाउपालिका–६ का मो. समिम शेषले जाहेरी दिएका थिए । जलेर घाइते भएकी रिहानलाई परिवारले सुटुक्क उपचारको लागि भारत लगेका थिए । भारतमा केही समय उपचार पछी घरमा ल्याएपछि मात्र घटनाबारे माइती पक्षलाई जानकारी गराएको प्रहरीले जनाएको छ । त्यसपछि मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो । उनको तत्काल भेरी अस्पतालमा उपचार गरी थप उपचार काठमाडौंमा भएको थियो । प्रहरीले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ ।
सम्बन्धित समाचार
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

