प्रधानमन्त्रीको घोषणा, ‘साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढ्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति लाग्न सक्ने बताए ।
‘अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला । सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुपर्यो । मान्छेहरूलाई भरेबाट अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन ।’
ओलीले देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने भनेर प्रश्न गरे । उनले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता प्रचण्डले नै च्यातेको बताए ।
‘केहीले भन्ने गरेका छन्, आधा–आधा थियो खै आधा–आधा ? भन्छन् । त्यो कागज बीचमै च्यातेर प्रचण्डले कार्यकारी चाहियो भनेको होइन ?’ उनले भने । यसै चैतमा महाधिवेशनको मिति तोकेर आफूले अध्यक्ष छाड्न खोज्दा पनि अहिल्यै चाहियो भनेर विवाद गरिएको ओलीले बताए ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता गर्ने भनेर सिध्याउन खोजेको टिप्पणी गरे । ओलीले भने, ‘एकता गर्ने, एकता गर्ने भन्यो, पछि सिध्याउन खोजे ।’
प्रचण्डले केटाकेटी जस्तो सूर्य चिह्नमा दाबी गर्दा छक्क परेको उनले बताए । ‘प्रचण्डले सूर्य चिह्न मेरो हो भन्दा छक्क परें,’ उनले भने । बुद्धिजीवीको मुख्य काम केपी ओलीलाई हटाउनु हो जस्तो भएको उनले बताए ।
‘मुख्य काम नै केपी ओली हटाउनु हो, किनकि केपी ओलीले देश विकास गर्न थालिसक्यो । विप्लवका समस्या समाधान गरिसक्यो । मेलम्चीको पानी आइसक्यो, छिटो हटाउनुपर्यो । यस्तो गर्न दिएर हुन्छ ? महन्थजी !’
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


