संविधान असफल पार्न सरकार नै लाग्यो : देव गुरुङ
काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए । ‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ । यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, गुरुङले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’
गुरुङले दल विभाजन भएको अवस्थामा संविधानको धारा १ सयको (२) अनुसार दल विभाजन गरिसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दावी गरे । ‘यस्तो अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिए मात्रै वैधानिक ठहर्छ । ३० दिन २३ गते पुग्दैछ तर सरकारले त्यसतर्फ लागेको देखिँदैन’ गुरुङको भनाई छ ।
उनले सरकारले विधिको शासनलाई समेत फलो नगरेको भन्दै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको उदाहरण पेश गरे । गुरुङले सदनलाई बिजनेस दिनुपर्ने सरकारको दायित्व भएपनि नदिएर संसदलाई पुन विघटन गर्न लागिरहेको त होइन भनेर प्रश्न गरे । ‘सदनभित्र विभिन्न एजेण्डा छन् । तर प्रक्रिया अघि बढेको छैन । ५ वटा विधेयक प्रक्रियामा छन् । कार्यसूचीमा चढेका छैनन् । सरकारले सदनलाई के गर्न लागेको हो भन्ने गम्भिर प्रश्न उठेको छ । सरकार पुष ५ कै मनस्थितिमा छ । संसद भंग गर्ने र उदेश्य देखिन्छ’ गुरुङले प्रश्न गरे ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

