सत्तासंघर्ष रोचक मोडमा, महन्थ ठाकुरको प्रधानमन्त्री दाबी
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको नेतृत्व दाबी गरेका छन् । ठाकुरको दाबीले सत्तासंघर्ष रोचक मोडमा पुगेको छ ।
नेपाली काँग्रेसले सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेपछि ठाकुर असन्तुष्ट बनेका छन् । उनले निर्णायक शक्ति भएकाले सरकारको नेतृत्वको दाबी नछाड्ने अडान लिएको बुझिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा ठाकुरले जसपाले सरकारको नेतृत्व लिने विषय राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
ठाकुरनिकट नेता राजकिशोर यादवले पनि सधै अरुलाई सरकार बनाउन सहयोग गर्दै आएको स्मरण गराउँदै अब आफूहरुले नेतृत्व पाउनुपर्ने बताउँदै आएका छन् । जसपाको दाबीले सत्ता संघर्षले रोचक तरिकाले समिकरण बन्ने सम्भावना बढेको छ । ठाकुरको नाममा सहमति भएमा मात्र काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बन्ने सम्भावना बलियो छ । नेतृत्व नपाए ठाकुरको समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिने सम्भावना देखिदैछ । ओलीले जसपासहित काँग्रेस र माओवादी केन्द्रको समिकरण बन्न लागेमा ठाकुर समूहलाई आफ्नो पक्षमा ल्याउन सत्ता साझेदारीको राजनीतिक तुरुप फाल्ने सम्भावना पनि छ ।
ठाकुर समूहलाई महत्वपूर्ण मन्त्रालय दिनेगरी भरसक सहमति निकाल्ने नभए उनैलाई प्रधानमन्त्री बनाएर जाने सम्भावना पनि देखिदैछ । ओलीले जसरी हुन्छ आफूविरुद्ध सत्ता समिकरण बन्न नदिने रणनीति बनाएर सक्रियता देखाइरहेका छन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


