मन्त्रिपरिषद बैठक सम्पन्न : तत्काल लकडाउन नगर्ने, भोलि मन्त्रीहरुले संयुक्त अपिल गर्ने निर्णय
मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजाे साँझ बसेको बैठकमा पछिल्लो समय कोरोनाको दोस्रो लहर फैलिएको भन्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्नेबारे छलफल भएको वनमन्त्री प्रेम कुमार आलेले जानकारी दिएका छन् । नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने सवालमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्टमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले संयुक्त रुपमा देशवासीको नाममा सम्बोधन गर्ने छन् ।
मन्त्री आलेका अनुसार हिजाेको बैठकमा सीसीएमसीको पछिल्लो प्रस्तावमाथि छलफल भएको थियो । हिजाेको बैठकमा सार्वजनिक यातायात, स्कुल तथा कलेज, हवाई सेवा लगायतका विषयमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको जनाईएको छ। तर, हिजाेको बैठकमा तत्काल लकडाउन नगर्ने निश्कर्ष निकालिएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

