सर्वोच्च आदेश पश्चात बोले दीपकराज, दिए यस्तो प्रतिक्रिया
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीको सामाजिक सञ्जाल सक्रियता अन्य अभिनेता तथा अभिनेत्रीको भन्दा कम छैन् । उनी राजनीतिक, सामाजिक, खेलकुदलगायत सबै क्षेत्रप्रति सटिक प्रतिक्रिया दिन्छन् ।
यही क्रममा उनले सोमबार एक स्टाटस लेखे । यो स्टाटस सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको प्रति लक्षित थियो ।
अदालतले आदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत परमादेश दिएको छ । यही प्रसंगमा दीपकराजले फेसबुकमा एक स्टाटस लेखे ।
‘राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ! ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’,’ उनले लेखेका छन् । उनको लेखाईबाट पनि संविधान र वर्तमान राजनीतिकप्रति दीपक सन्तुष्ट छैनन् भन्ने प्रष्ट पारेको छ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


