३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको,४ हजार ६६८ संक्रमितको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा ६ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा २ लाख ६७ हजार ५९८ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै बेलायतमा २५, टर्कीमा २४, रुसमा २२ हजार, अमेरिका र भारतमा १८–१८ हजार, ब्राजिलमा ११ हजार बढी निको भएका छन् ।
गत २४ घण्टामा ४ हजार ६६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७२, भारतमा ४४२, टर्कीमा १९५, अमेरिकामा १५७, ब्राजिलमा ११३ र बेलायतमा ७२ जना रहेका छन् ।
यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४४ लाख ९ हजार ९४६ पुगेको छ । तीमध्ये २२ करोड १४ लाख २७ हजार ७६५ जना निको भइसकेका छन् भने ४९ लाख ६३ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

