३२.३ अंकले बढेर नेप्से परिसूचक २६ सय अंकमा
जानकारी केन्द्र
२०७८, पुष, १९
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०३ अंकले बढेको छ । १.२४ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २६ सय १६ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेको कारोबार २५ सय ८४ अंकबाट सुरू भएको थियो ।
यसक्रममा आज तीन अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बराबरको ६७ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेमा दोहोरो अंकको सुधार आउँदा मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सुधार आएको छ । कम्पनीको सेयर मूल्य १६ रुपैयाँले बढ्दै प्रतिकित्ता १७७ रुपैयाँ पुगेको छ ।
यस्तै, आज नेप्सेमा हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आजै २८ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको हो । यसपछि अपी पावर कम्पनीको सेयर मूल्य १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

