खेलकुद मन्त्री गहतराज भ्रमणका लागि रुस प्रस्थान
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् ।
रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनले औपचारिक निमन्त्रणा गरेपछि मन्त्री गहतराजले रुस जाने निर्णय गरेका हुन् । उनीले सोमबार विहान मन्त्रालयका सचिव दामोदर रेग्मी सहित रुस प्रस्थान गरे ।
मन्त्री गहतराजले रुस प्रस्थान गर्नुअघि खेलकुद कूटनीतिमार्फत् नेपाल र रुसबीचको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए । त्यस्तै, मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेटवार्ता गर्ने जनाइएको छ ।
भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमासमेत छलफल गर्ने उनको भनाई छ । उनले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान पनि गर्ने बताए ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

