Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अब १० करोडसम्म वैदेशिक लगानी अटोमेसिन स्वीकृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३१
अब १० करोडसम्म वैदेशिक लगानी अटोमेसिन स्वीकृत

काठमाडौं । विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन)बाटै स्वीकृत गर्ने भएको छ ।

सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले सरकारको नीतिअनुसार यो व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानीको न्यूनतम सीमा घटाउँदै साना लगानीलाई स्वचालित प्रणालीबाट स्वीकृत गर्ने व्यवस्था गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को बजेट संघीय संसद्का दुबै सदनबाट पारित भइसकेकाले बजेटमा भएको यो व्यवस्था हाल कार्यान्वयनका लागि प्रक्रिया अघि बढेको र केही पूर्वाधार तयार हुनेबित्तिकै पूर्ण कार्यान्वयनमा आउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।

 

Top Changing Nepal

युट्युब सट्स