धेरै रिसाउँदा यस्तो नकारात्मक असर पर्न सक्छ..
रिसले कसैलाई लाभ गर्दैन । रिस मानिसको सबैभन्दा ठुलो शत्रु रहेको कुरा धर्म शास्त्रदेखि विज्ञान सबैले मानेको र पुष्टी भएको कुरा हो । आफ्नो रिसलाई सही तरिकाले नियन्त्रण नगरे यसले हामीलाई विनाश र नकरात्मकतातर्पm धकेल्छ ।
रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्छ । यसले सम्बन्ध विगार्नेदेखि शत्रुता बढाउने जस्ता काम गर्छन् । यसले यसरी सामाजिक र बाहिय असर मात्र नगरेर व्यक्तिको स्वास्थ्यमा पनि ठूलै प्रभाव पार्छ ।
रिसाएपछि शरीरमा पर्ने असरहरू निम्न छन्ः
– लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ,
– पाचनतन्त्र कमजोर हुनका साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या आउँछ,
– रिसले अनिन्द्राको समस्या निम्त्याउँछ,
– धेरै रिसाउने मानिसको आयु कम हुन्छ,
– रिसाएको समयमा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर गर्छ,
– रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन हुन्छ,
– रिसले मानिसको रक्तचाप उच्च हुन्छ,
– रिसाएको मानिसमा आक्रामक भावना चरममा हुन्छ । जसको नियन्त्रण नभए घातक हुन्छ,
– रिसले सोच–विचारको शक्ति कमजोर हुन्छ,
– यसले तनाव बढाउँछ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

