शर्मामाथि छानबिन गर्ने समितिको प्रतिवेदनले आज अन्तिम रुप लिने
काठमाडौं । आज पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने जनाइएको छ ।
समितिका सचिव सुरेन्द्र अर्यालले आज राति ११ बजेसम्म थपिएको ७ दिनको म्याद रहने हुँदा प्रतिवेदन आजै सकेर भोलि बुझाउने तयारी रहेको बताए । जसका लागि आज मध्याह्न साढे १२ बजे बैठक बसिने भनिएको छ । उनले बैठक बस्नुअघि पनि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरुबीच अनौपचारिक छलफल हुने बताएका छन् ।
समितिले हिजो पनि ६ घण्टा लगातार बैठक बसेर प्रतिवेदन लेखन सुरु गरेको थियो र प्रतिवेदन सर्वसम्मत बनाउन औपचारिक र अनौपचारिकरुपमा छलफल भइरहेकाले जनाइएको छ । यस्तै, समितिले बुधबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिइ प्रतिवेदन लेख्न थालेको हो । एक सातापछि काम सुरु गरेको २२ असारमा गठित समितिले तोकिएको दश दिनमा निष्कर्ष ननिकालेछि साउन ५ गते ७ दिन म्याद थपिएको थियो ।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गतेको मध्य राति अर्थ मन्त्रालयमा दुई अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका थिए । सोही विषयमा छानबिन समिति बनाई काम भइरहेको छ ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

