भेनेजुएलामा पहिरो : २२ जनाको मृत्यु, ५० बेपत्ता
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काराकस । मध्य भेनेजुएलामा पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
‘हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन्। बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक तथा न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

