Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै आजै सर्वोच्च फर्कँदै प्रधानन्यायाधीश जबरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २१
महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै आजै सर्वोच्च फर्कँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं । संसद सचिवालयबाट आफूविरुद्धको महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने भएका छन् । संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जबरालाई उनीविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र दिएका हुन् ।

सो पत्र पाएसँगै आफू आजै सर्वोच्च फर्कने तयारीमा रहेको प्रधानन्यायाधीश जबराले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अनिवार्य अवकाश पाउनुअघि नै उनी आज अदालत फर्कन लागेका हुन् । उनले भने,‘मैले न्याय पाएँ । म खुशी छु । मैले गल्ती गरेको थिईनँ । यो न्याय प्रणालीको नै जित हो ।’

Top Changing Nepal

युट्युब सट्स