प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नबनाउने जवाफ दिएपछि रवि लामिछाने निराश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय आफ्नै दलले राख्ने जवाफ दिएपछि रास्वपाका सभापति रवि लामिछाने निराश भएका छन् । लामिछाने आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाईए सरकारबाट बाहिरिने अल्टिमेटम दिन आज बालुवाटार पुगेका थिए । तर, दाहालले लामिछानेलाई स्पष्ट रुपमा अब गृहमन्त्री बनाउन नसकिने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ ।
लामिछाने बालुवाटारबाट निराश बनेर फर्किएका छन् । अहिले उनी पार्टी कार्यालयमा छलफलमा जुटेका छन् । अब कसरी अघि बढ्ने रु सरकारबाट बाहिरिने कि के गर्ने भन्ने रु विषयमा उनी छलफलमा जुटेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई पूनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री दाहालसमक्ष दबाब दिएका थिए । तर, दाहाल भने ओलीको दबाबको सामू पनि टसमस भएका छैनन् । उनी गृहमन्त्रालय आफ्नै दलमा राख्नेगरि अघि बढेका छन् ।
उनले पार्टीको पदाधिकारी बैठकमार्फत गृहमन्त्री नियुक्तीको निर्णय लिने तयारी गरेका छन् । हिजोबाट सुरु भएको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ । आजको बैठकमा गृहमन्त्रालयमा पार्टीलाई कसलाई पठाउने भन्नेबारे निर्णय हुने एक नेताले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले हिजोको पदाधिकारी बैठकमा ने गृहमन्त्रालय अब आफ्नै दलले राख्नेबारे ब्रिफिङ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकार गठनको बेलामा भएको सहमतिबमोजिम आफ्नै दलले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।
सभापति रवि लामिछानेले त आज प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रीमा आफूलाई नै नियुक्त गर्न आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन् । साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त नगरिए सरकारबाट बाहिरिने उनको चेतावनी छ । प्रधानमन्त्री दाहालले भने रविको उक्त अल्टिमेटमलाई धम्कीको रुपमा लिएका छन् ।
उनले रविलाई आजको भेटमा पनि गृहमन्त्रालय कुनैपनि हालतमा दिन नसकिने स्पष्ट जवाफ दिएका छन् । दाहाल लामिछानेको पासपोर्टसम्बन्धी विवाद कायमै रहेकोले उक्त विवाद हल नभएसम्म गृहमन्त्रालयको नेतृत्व सुम्पन नसक्ने अडानमा छन् । माओवादीनिकट उच्च स्रोतका अनुसार दाहालले आजकै पदाधिकारी बैठकमार्फत पार्टीबाट कसलाई गृहमन्त्री बनाउनेबारे निर्णय लिने तयारी गरेका छन् । एक नेताले भने–‘आजको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्तीबारे निर्णय लिन्छ । प्रधानमन्त्रीज्यू एक्शनमा उत्रिनुभएको छ । आजै उहाँले केही निर्णय लिनुहुन्छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

