दार्चुलामा ससुराले बुहारी भगाए
काठमाडौं । दार्चुलामा एक पुरुष बुहारी भगाएर सम्पर्कविहीन भएका छन् । जिल्लाको मार्मा गाउँपालिका ४ घोडेधारका गोविन्द विष्ट बुहारी लगेर सम्पर्कविहीन भएका हुन् । उनले सोही ठाउँका भतिजा नाता पर्नेकी श्रीमती अर्थात् बुहारी लगेको निवेदन परेको प्रहरीले जनाएको छ ।
बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोविन्द दुई हप्तादेखि सम्पर्कविहीन प्रहरीमा परेको निवेदनमा उल्लेख छ । जेठ २८ गते ‘माइत जान्छु’ भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएको जयन्तीका श्रीमान् शंकर विष्टले बताए ।
आफूले ३ वर्षसम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काकासँग भागेर उनको दुखेसो छ । घरमा जयन्ती र शंकरका दुई छोरा छन् । श्रीमतीको खोजीका लागि दार्चुला प्रहरीमा निवेदन दिएकोसमेत विष्टले बताए ।
कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५ र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।
यता दार्चुला प्रहरीले उनीहरू भारत भागेको बुझिएको बताएको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरूलाई खोजिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

