Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

वानएक्स वेट प्रकरण : पाँच हजार धरौटीमा छुटे आठ कलाकार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २९
वानएक्स वेट प्रकरण : पाँच हजार धरौटीमा छुटे आठ कलाकार

काठमाडौं । ‘वान एक्स बेट’ प्रचार प्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् । बल्छी ध्रुबे र राजु मास्टरसहितका आठ जना कलाकार बुधबार पाँच हजार धरौटी तिरेर रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । रिहा हुनेहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रु्बे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे रहेका छन् ।

प्रहरीले २५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारसहित १० जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो ।

यस्तै दिनेश खड्का १० लाख धरौटी बुझाएर रिहा भएका छन् भने उनकी प्रेमिका अनिता धिताल पाँच लाख धरौटी बुझाएर रिहा भएकी छन् । कुशल पोख्रेललाई भने फरार प्रतिवादी बनाइएको छ ।

कलाकारहरुले सट्टेबाजीको प्रचार प्रसार गरेकाले उनीहरुलाई विज्ञापन नियमन ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिको कसुर मागदाबी गरिएको थियो ।

विज्ञापन ऐनको कसुरमा भने १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । दिनेश र अनितालाई भने ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । उनीहरु दुई जना प्रेमी प्रेमिका हुन् ।

राष्ट्र बैंक अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । उक्त बिगोसँगै बिगोको तीन गुणासम्म जरिवाना र सात वर्षसम्म कैद मागदाबी गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स