अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- ‘दुलही लानुस विस्तारै दाईजो फिर्ता गर्छु भन्न मिल्ला र ?’
काठमाडौं । नायक अनमोल केसीलाई निर्माता निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।
खड्काले स्टाटस लेख्दै निर्देशक थापाको पक्षमा रहेको संकेत दिएका छन् । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी समेत गरेका छन् ।
यस्तो छ उनको स्टाटस
विवाहपुर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहॉ कुरा मिल्ला र खै।
वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ।
खैर! चाहे ! दिन होस् वा ! दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो। ५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नी! यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।
चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ ।
कानुन राजको विकल्प छैन । Updated | To whom it was hard to comprehend Marriage (Commitment) पछिDivorce ma जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपुर्ती) चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ । जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोग को मामला हुन जान्छ।
Update II | Comment मा कुरा बुझ्न साह्रै गारो परेका हरुका लागि म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट । तर सबै system मा बसेर, मनोमानि ढइ॰गले होइन । फिल्म गर्न सक्दिन भन्दा, पख तलाई देखाईदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहॉ फसे भन्ने नभाको पनि हैन तर कथकतझ भन्दा वाहिर गैईएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो, निर्देशक र निर्माता भन्दा माथि हैन । म कलाकार भएर यो स्विकीर्दै गर्दा निर्माता , निर्देशकहरु अनि सरोकारवाला सम्पुर्णलाई म गलत भए सच्चाई दिनु हुन अनुरोध साथै सहि भए एक्कयवद्दता जनाईदिनुहुन अपिल ।🙏
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

