इजरायलमा रहेको नेपाली दूतावासले भन्योः १० विद्यार्थीको शव नेपाल फर्काउन सरकारले प्रक्रिया थालेको छ
काठमाडौं । गत शनिबार भएको प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल फर्काउन इजरायली सरकारले पक्रिया आरम्भ गरेको छ ।
शुक्रबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । दूतावासका अनुसार इजरायलमा बाट बिहीबार २५४ जना नेपाली नागरिकहरुको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाली विद्यार्थीहरुलाई लिन मा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण ईजरायल पुगेका थिए ।
स्वदेश फर्किन थप २०० जना नेपालीलो फारम भरेका छन् । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरुलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको दूतावासले जनाएको छ ।
हमास समुहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनामध्ये २ दिन अघि डिस्चार्ज भएका १ जनालाई बिहीबारकै उडानमार्फत् नेपाल पठाइएको छ । उपचाररत अर्को १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको र अन्य २ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुलाई हराइरहेका १ जना नेपाली विद्यार्थीको खोजीकार्यमा तीव्रता दिन पुनः अनुरोध गरिएको छ । जसमा विपिन जोशी हालसम्म पनि वेपत्तिा रहेका छन् ।
निधन भएका १० नेपाली विद्यार्थीहरुको शव सम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृया बमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जानकारी समेत तेल अविव मा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

