Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८
छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं ।
कास्की, पोखरा महानगरपालिका-३२ गढिघाटस्थित सेती नदीमा सोही महानगरपालिका-३१ तावाको मुख बस्ने ५५ वर्षीय तेजराज ओझा बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार रूपन्देही, सियारी गाउँपालिका-१ कुञ्जवनस्थित गोठमा तिलोत्तमा नगरपालिका-१४ बस्ने ४१ वर्षीय राजाराम कुर्मी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गरेर झापा, मेचीनगर नगरपालिका-१३ अठार कठ्ठेस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स