कब्जियतको घरेलु उपचार कसरी गर्ने ?
कब्जियत एक प्रकारको पाचन प्रणलीको रोग हो जसमा दिशा राम्ररी खुलेर नहुनु, नियमित रुपमा दिशा नहुनु, केही दिन बिराएर मात्र दिशा हुनु, दिशा साह्रो हुनु तथा गोटा पर्नु, पेट भारी हुनु, जिउमा आलस्यता आउनु जस्ता लक्षणहरु देखा पर्छन । यो सामान्य रोग भयतापनी ठिक नगर्ने हो भने विस्तारै गम्भिर रोगहरु जन्माउन सक्छ । धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ ।
यसको भित्रि कारणलाई बुझ्ने हो भने, धेरैजसो अवस्थामा आन्द्राले धेरै पानी सोसेर सुख्खापन बढेको पाईन्छ । जब हामिले खाएको खानेकुरा विस्तारै मात्रामा आन्द्रामा सर्दै जान्छ, आन्द्रामा पानी धेरै सोसिन्छ । त्यसले गर्दा दिशा सुख्खा र साह्रो हुन्छ ।
खान नहुने कुराहरु
कब्जियतको सुरुको क्षणबाटै औषधी तथा चुर्ण सेवन गर्नु हुंदैन । यसबाट तुरुन्तै दिशा खुल्ने भएतापनी दिर्घकालिन रुपमा निको नहुन सक्छ । त्यसकारण यस रोगलाई निको पार्न हाम्रो जिबनशैलि परिवर्तन तथा सुधार गर्नुपर्दछ ।
– बढि चिल्लो, सडाएका तथा पिरो अचारहरु खानु हुदैन ।
-धेरै माछा, मासु, अण्डा खानु पनी राम्रो होईन ।
-रेशा नभएका तरकारीहरु जस्तै आलु, पिंडालु आदि पनी धेरै खानु हुदैन ।
-फलफूलमा केरा, हल्का कांचो खालको अम्बा, गेडा सहितको अनार र तरकारीमा करेलाले झन कब्जियत बढाउंदछ ।
-गरम मसालाहरुको प्रयोग जस्तै अदुवा, लसुन, दालचिनी आदिको प्रयोग नगर्ने वा अत्यन्तै कम गर्ने ।
-जांड, रक्सी, चुरोट, खैनि आदिको प्रयोग नगर्ने ।
-मैदाबाट बनेका खानेकुराहरु केक, पाउरोटी, चाउचाउ, चाउमिन, विस्कुट आदि नखाने वा कम खाने ।
खान हुने कुराहरु
-कांचो सलाद हरु जस्तै मुला, गाजर आदिको बढि सेवन गर्ने ।
-कब्जियतबाट पिडित मान्छेले वा अन्य वयस्क मान्छेले पनी जाडोमा २-३ लिटर र गर्मिमा ३-४ लिटर पानी पिउनु जरुरी छ ।
-हरियो सागपात र तरकारी धेरै खाने ।
-गहुंको चोकर सहितको पिठोको खानेकुरा, गहुं वा मकैको च्यांख्ला लाई भातको साटो खाने ।
-टुसा उमारेको कांचो गेडागुडी, भुटेको वा पोलेको वा उसिनेको मकै, उसिनेको तरकारी, रसिला फलफूल जस्तै स् सुन्तला, स्याउ, राम्ररी पाकेको अम्बा, मेवा, नास्पाती आदिलाई खाजा वा पूर्ण खानाको रुपमा बढि प्रयोग गर्ने ।
घरेलु उपचार
-खाना खानुभन्दा १-२ घण्टा पहिले नै १-२ गिलास पानी पिउने ।
-विहान विहान संधै १-२ गिलास मनतातो पानी पिउने ।
-विहानको समयमा ३-४ किलोमिटर जति मर्निङ वाक गर्ने ।
-दिनको २ पल्ट विहान बेलुका मात्रै ट्वाईलेटमा जाने बानि बसाल्ने ।
-कहिलेकाहीं कब्जियत बढेमा त्रिफला मनतातो पानीमा मिसाएर खाने ।
-दिशा लाग्दा रोकेर नबस्ने ।
-प्रशस्त मात्रामा हरियो सागसब्जी तथा रेसादार फलफूल खाने ।
-नियमित व्यायाम, योग, आसन, प्राणायाम, ध्यान गर्ने ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

