रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् । साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगि गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दाबि गरेका छन् ।
उनले भनेका छन्- के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?
उनले आफु सहकारी ठगिमा कहिँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणले पुष्टि गरेको बताउदै प्रहरीको अनुसन्धानलाई प्रभावमा पार्ने काममा नलाग्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्-
म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।
बुटवल स्थित सुप्रिम सहकारी ठगि प्रकरणको अनुसन्धान गरेको प्रहरीले रबि लामिछानेको नाममा २ करोड ऋण लिइएको र सो ऋण लिदा प्रकृया नपुर्याइएको उल्लेख गरिएको छ । तर प्रहरीले दायर गरेको मुद्धामा लामिछानेलाई प्रतिवादी नबनाएपछि चौतर्फी आलोचना भइरहेको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

