ड्रागन फल खेती गर्ने तरिका
ड्रागन फू्रट अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन्। अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ। जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललाई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट सफा हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज – कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
फूल फुलेको चार – पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।
प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।
व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिका :
ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।
रेखांकन :
राम्ररी खनजोत गरि सकेपछी ।
लाइन देखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
यसरी बिरुवा लगाउदा १ हेक्टरम २००० पोल र प्रती पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।
बिरुवा रोपन :
पोललाई जमिनमा ३०- ४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३ -४ वटा बिरुवा रोप्नुपर्छ ।
बिरुवा रोप्दा जति भाग पोली ब्यागमा बिरुवा गडेको छ त्यसै अनुसार गाडनुपर्छ र बिरुवा लाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
बिरुवा सारीसकेपछी हल्का सिचाइ गरि छापो हालदिनुपर्छ ।
सम्बन्धित समाचार
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न : निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

