Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २५
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।

पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई  काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स