लायन्स क्लवको सहयोगमा निः शुल्क बाथरोग शिविर
लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा ललितपुर, टंगल टोल स्थित उर्जा बचतकै प्रांगणमा भएको निः शुल्क बाथरोग शिविरमा १४५ जनाको ESR, CRP, Uric acid र Sugar वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीद्वारा स्वास्थ्य जाँच र आवश्यक परामर्श साथै बाथरोग सेन्टरद्वारा औषधी वितरण निः शुल्क रगत परिक्षण गरिएको थियो ।

रगत परीक्षण गरिएकाहरुको शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औंषधी समेत वितरण गरिएको मंचकी अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।उर्जा बचत तथा ऋण सहकारी संस्थाद्धारा सहयोगी संस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
पहिलो पटक आयोजना गरेको निः शुल्क बाथरोग शिविर निकैं सफल भएको र धेरै सदस्य तथा अन्य महानुभावहरुको सहभागी भएकोले आगामी दिनहरुमा समेत उर्जा बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरी शिविरहरु संचालन गरिने लायन्स क्लब डिष्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

