ग्लोबल टी-२० : ब्राम्पटनविरुद्ध सन्दीप महँगो साबित, दीपेन्द्रको उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी-२० लिगअन्तर्गत ब्राम्पटन वल्भसविरुद्ध खेलमा महँगो साबित भएका छन् । भ्यानभुकर नाइट्सबाट लिग खेलिरहेका उनले आज बिहान सम्पन्न खेलमा महँगो साबित भएका हुन् ।
यस खेलमा भ्यानकुभर ६ विकेटले पराजित भयो । ब्राम्पटनविरुद्ध सन्दीपले ३ ओभर मात्र बलिङको मौका पाए, जसमा उनले एक विकेट लिएर ३९ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएपनि लय कायम राख्न सकेनन् । उनले उक्त ओभरमा ६ रन दिएर ज्याक जेर्भिसलाई तीन रनमा बोल्ड गरे ।
सन्दीपले दोस्रो ओभरमा एउटा स्टम्पिङको मौका दिए पनि त्यसमा विकेटकिपर चुके । उनले दोस्रो ओभरमा तीन छक्कासहित बिनाविकेट २२ रन खर्चिए । जारी सिजनमा उनले एकै ओभरमा २२ रन खर्चिएको यो पहिलो पटक हो ।
ब्राम्पटनविरुद्ध तेस्रो ओभरमा सन्दीपले विनाविकेट ११ रन दिए । ग्लोबल टी-२० क्यानडा २०२४ मा उनले ४ म्याच खेल्दा ५ विकेट लिएका छन् । सन्दीपले पहिलो र तेस्रोमा एकरएक तथा दोस्रो खेलमा २ विकेट लिएका थिए ।
हालसम्म सन्दीपले ग्लोबल टी-२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । ब्राम्पटनविरुद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले भने राम्रो प्रदर्शन गरे । यस खेलमा उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
ब्राम्पटनविरुद्ध दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् । उनले फिल्डिङमार्फत ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले ४ ओभरमा बिना विकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए ।
दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा ५र५ रन खर्चिए । दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ । उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् ।
ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए । आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रन बनाएका थिए । भ्यानकुभरले अब पाँचौं खेलमा शुक्रबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।
सम्बन्धित समाचार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

