अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।
लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्धा दायर गरको थियो ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

