द वन्डरल्यान्डमा सबै उमेर समूहलाई केन्द्रित गर्दै “द वन्डरल्यान्ड विन्टर” कार्निभल कार्यक्रम हुने
ललितपुर । द वन्डरल्यान्ड गेम जोनले वन्डरल्याण्ड कार्भिनल घोषणा गर्न गइरहेको छ । सोहि कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ । परिवार र साथीहरूसँग सहभागी हुन सक्ने बताइएको छ ।। जहाँ अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछ । यहि कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न सफल भएको बताइएको छ ।
यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जाने जनाइएको छ । नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।
मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको बताइएको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ । अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।

सम्बन्धित समाचार
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

