Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

असारको तेस्रो सातासम्ममा एसईईको नतिजा प्रकाशित गर्ने तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ९
असारको तेस्रो सातासम्ममा एसईईको नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं । असारको तेस्रो साताभित्रमा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताए ।

 

Top Changing Nepal

युट्युब सट्स