Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

नक्कली डाक्टरको सूचिमा ट्रमा सेन्टरदेखि नर्भिकसम्मका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, असार, ५
नक्कली डाक्टरको सूचिमा ट्रमा सेन्टरदेखि नर्भिकसम्मका

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अध्ययन गरेका चिकित्सकहरुका जालो मुलुकको प्रतिष्ठित ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रवार र शनिवार दुई दिन देशै भरी एकै पटक त्यस्तो आरोपमा ३६ जना डाक्टर पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चार महिनादेखि अध्ययन गरेरचलाएको क्वाक अप्रेसनको क्रममा उनीहरु पक्राउ परेका हुन ।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन्। ‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेका छन् ।
सिलवालका अनुसार पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन् ।
काठमाडौंको अपरेशनमा ट्रमा सेन्टर र नर्भिकसहित कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकमा नक्कली डाक्टर भेटिएको बिताईएको छ ।

Top Changing Nepal

युट्युब सट्स