नबिल बैंकले ऋणपत्र बाँडफाँड गर्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्र ‘७५ नबिल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न भएको छ। बैंकले साउन ६ गतेदेखि १० गतेसम्म उक्त ऋणपत्र बिक्रीका लागि निष्कासन गरेको थियो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक रूपमा बिक्री खुला गरिएको थियो।
बिक्री अवधिभर प्राप्त आवेदनहरुको मूल्यांकन गरी नियमानुसार रितपूर्वक आवेदन दिने सबै लगानीकर्तालाई साउन १५ गते बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ले जानकारी दिएको छ।
उक्त ऋणपत्रमा वार्षिक ७५ ब्याजदर तोकिएको छ र यसले बैंकको दीर्घकालीन पूँजी व्यवस्थापनमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

