Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

सिरहामा विद्यालयकै बसले किचेर सात वर्षीय बालकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २१
सिरहामा विद्यालयकै बसले किचेर सात वर्षीय बालकको निधन

सिरहा । घरमा पुर्याउन गएको बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका २ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए ।

पढाई सकेर बालबालिकालाई घर घरमा पुर्याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिङ्ग स्कूल’ गोलबजार नगरपालिका २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट लडेका थिए । बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाए ।

बालक साहको टाउको नै बसको पछाडिको पांग्रामा पर्यो । बालक साह ठहरै भए । मृतक बालकको शव पोष्टमार्टमको लागि प्रहरीले लहान अस्पताल पठाएको छ । बस चालक तथा विद्यालयका प्रिन्सिपल फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

घर नजिकै बसबाट ओर्लिने क्रममा दुर्घटनामा परी बालक साहको ज्यान गएपछि बालकका माता पिता भावविह्वल भएका छन् । गोलबजार नगरपालिका २ लालपुर गाउँ नै शोकमग्न भएको छ ।

Top Changing Nepal

युट्युब सट्स