Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ९
अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौँ । सरकारले नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रक्रियालाई सरल बनाउँदै नयाँ प्रणली लागू गरेको छ । अब सेवाग्राहिहरुले एउटै विवरणका लागि छुट्टा छुट्टै फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

गृह मन्त्रालयले केन्द्रीयकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीलाई आपसमा जोडेर सेवा प्रवाह गरेको जनाएको छ । यस परिवर्तनसँगै नागरिकले राष्ट्रिय परिचयपत्रका लागि पुनःविवरण भरेर आवेदन दिनुपर्ने आवश्यकता हटाइएको छ,जसले सेवा प्रक्रिया थप सहज बनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार नयाँ व्यवस्थाले नागरिकको समय र खर्च दुवै बचत गर्नेछ । सेवा हाल सीमत स्थानबाट सूरु भइसकेको छ र यसलाई क्रमशःदेशभर विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स