Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यि महिलाको पाटन अस्पतालमा बिजोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, २३
यि  महिलाको पाटन अस्पतालमा बिजोग

ललितपुर, पाटन

ललितपुरको दमकल छेउ पाटिमा दैनिक जिवन काट्दै अाएकी अन्दाजी ३५ बर्षिय महिलाको खुट्टामा निक्कै ठुलो र डर लाग्दो घाउ छ । उनि त्यति धेरै बोल्न पनि सक्दिनन । बोलाउँदा काभ्रे मात्र भन्ने ति महिलाले सडकमा हिड्दा हिड्दै बच्चा जन्माइन उनलाइ जावलाखेल प्रहरी र बेवारिसे व्यवश्थापन गर्ने संश्था  एक्सनफर सोसल चेञ्जका अदक्ष विनय जंग बस्नेत र स्थानियको सहयोगमा पाटन अस्पताल पुर्याइयो । अस्पतालमा लगे पछि उनले जन्माएको बच्चाको मृत्यु भैसकेको थाहा भयो । मृत बच्चालाइ पाटन अस्पतालकै सब गृहमा राखिएको छ भने महिलाको पाटन अस्पतालमै उपचार भैरहेको छ ।

काठमान्डाैका सडक पेटिमा रहेका यस्ता व्यवारीसे मनिसहरूको सरोकार वालाले वास्ता नगरीदिंदा निकै नै समस्या हुने गरेको छ । काठमान्डौका विभिन्न अस्पतालमा लामो समय सम्म वेवारिसे अवश्थामा रहेका सवहरु आफ्नै पहलमा पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्दै आएका ललितपुर टिकाथलीका समाज सेवी विनय जंग वस्नेतले आफुजस्तै समाज्सेवी धारणा र भाबना भएका साथी हरुको टिमका साथ संश्था दर्ता गरेर अझ व्यवश्थित रुपमानै आफ्नो परोपकारको काम लाइ निरन्तरता दिदै व्यबारिसे हुन बाट रोक्नको लागी पनि काम गरीरहेका छन । यस्ता व्यवारीसेको उचित व्यवश्थापन गर्न अाफु लागी परे पनि जिम्वेवार निकायले सहकार्य र सहयोग  गर्न अालटाल गर्नाले समस्या झनै बड्ने परोपकारी बस्नेत बताउछन ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स