विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
काठमाडौँ । विश्वविद्यालयका परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रानसक्रिप्ट उपलब्ध गराउने व्वयस्था लागू गर्ने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा चैत २० गते बसेको विश्वविद्यालयका उपकुलपतिहरुको बैठकले यस विषयमा सहमति जनाएको हो ।
शिक्षामन्त्रालयको निर्णयअनुसार परीक्षा नतिजा प्रणालीलाई अझ व्यवस्थित र अनुमानयोग्य बनाउन परीक्षा नियन्त्रण कार्यालयले छुट्टै नतिजा पोर्टल निर्माण गर्नेछ । त्यस्तैगरी नतिजा प्रकाशित भएको अधिकतम १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था अनिवार्य रुपमा लागू गरिनेछ ।
उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ । उक्त समितिले १५ दिनभित्र नयाँ शैक्षिक क्यालेन्डर तयार गरी पेश गर्नेछ ।
त्यस्तैगरी विद्यार्थी सेवामा सुधार ल्याउन २४ सै घण्टा सञ्चालन हुने बहु-च्यानल गुनासो व्यवस्थापन प्रणाली लागू गरिनुका साथै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र मोबाइल एप ,नागरिक एप वा इमेृल मार्फत डाउनलोड गर्न सक्ने डिजिटल प्रणाली विकास गर्ने निर्णय पनि भएको छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

