काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई एकै दिन कारवाही गरेको जनाएको छ । २४ घण्टाको कारवाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
कारवाहीमा पर्नेहरूमध्ये १०५ जना मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक रहेका छन् । यस्तै राइड शेयरिङमा २३८ जना, रातो बत्ती उल्लंघन गर्ने १८४ जना र तीव्र गतिमा सवारी चलाउने १८६ जना चालक कारवाहीमा परेका छन् ।
त्यसैगरी लेन मिच्ने १४ जना, फुटपाथमा सवारी चलाउने १०० जना, हर्न निषेध उल्लंघन गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १३९ जना चालकलाई पनि कारवाही गरिएको प्रहरीले जनाएको छ ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३६८ जना चालकलाई समेत कारवाही गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

