राष्ट्रिय सभा सदस्यको निर्वाचन विधेयकमा लफडा
जानकारी केन्द्र
२०७४, आश्विन, २७
काठमाडौं २७ असोज । व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी बढेको छ । राष्ट्रिय सभा गठनसम्बन्धी सहमति नजुटेपछि अब अध्यादेशको बाटोमा पुगेको छ । सरकारले यसअघि बहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन हुनेगरी विधेयक संसद्मा दर्ता गरेको थियो । तर पछिल्लोपटक एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
प्रमुख तीन दलबीच बिहीबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभासम्बन्धी छलफल भए पनि सहमति जुट्न सकेन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिए ।
एमालेले सरकार आफैंले बहुमतीय आधारमा गर्नुपर्छ भनेर संसद्मा विधेयक दर्ता गरिसकेको भन्दै वाम गठबन्धन बनेपछि आउने परिणामको अनुमानका आधारमा सरकारले बदमासी गरिरहेको आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्रले पनि विधेयकमा जे पेस भएको हो, त्यही अघि बढाउन माग गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो

