खुसीको खबर स्मार्ट लाइसेन्स लिन अब कुर्नु नपर्ने
जानकारी केन्द्र
२०७५, भाद्र, १४
काठमाडौं |
यातायात व्यवस्था विभागले बिना तयारी २०७२ मंसिर २० बाट स्मार्ट लाइसेन्स वितरण शुरु गर्यो तर त्यो कामको परिणाम आजसम्म पनि उपभोक्ताले भोग्दै आएका छन् । पछिल्लो समय १ बर्षसम्म कुर्दा पनि आफ्नो लाइसेन्स नपाएको भन्दै अधिकांश उपभोक्ताले विभागलाई गाली गर्दै आएका छन् ।विभागले अध्ययननै नगरी स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछी लाइसेन्सको माग र छापिने शंख्याको तालमेल नमिल्दा तथा छापिने मेसिनसमेत पटक-पटक बिग्रने गर्दा उपभोक्ता मारमा परेको कुरा अधिकारीहरुले नै बताउने गरेको कुरा हो । तर अबको केहि महिनामै यो संमस्या समाधान हुने यातायात व्यवस्था विभागले जनाएको छ । यस अघि दैनिक १५०० कार्ड प्रिन्ट गर्ने क्षेमताको मेसिनहरु प्रयोग भएकोमा अब भने १ घण्टामै ५०० लाइसेन्स छाप्ने मेसिन ल्याइने भएको छ । जसको लागि यही महिनाको अन्त्यतिर बोलपत्र आब्हान गर्ने तयारी छ ।
अब ल्याउने मेसिनले दैनिक ८ घण्टा मात्र लाइसेन्स प्रिन्ट गरेपनि ४ हजार लाइसेन्स प्रिन्ट गर्नेछ । यस अघि १५०० कार्ड प्रिन्ट गर्ने मेसिन बिभागसँगनै हुँदा अब दैनिक ५ हजार भन्दा बढी कार्ड प्रिन्ट हुने हुँदा लाइसेन्सको लागि १ बर्षसम्म कुर्नुपर्ने समस्या नरहने बिभागले जनाएको छ । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग भईरहेको अवस्थामा १५०० मात्र प्रिन्ट हुने त्यो पनि कहिलेकाही मेसिनमा खरावीको कारण समस्या हुने गरेको अवस्था छ ।
१० लाख स्मार्ट कार्डका लागि १८ करोड र प्रिन्ट मेसिनको लागि ४ करोड रुपैंया छुट्याइएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बोलपत्र आब्हानका लागि १ महिनाको समय निर्धारण गरिएको छ । यसको १५ दिनमा कम्पनीको अध्ययन गरी कम्पनी छनोट गरिनेछ । अहिले स्मार्ट लाइसेन्स समयमै नपाउँदा हजारौं सवारी चालकहरु विभागको राजस्व तिरेको रसिद देखाएरै सवारी चलाउन बाध्य छन् । विभागले ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

