यसरि शुरु हुदैछ द भ्वाइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन
काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ चाँडै सुरु हुने भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ ।
“छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।
सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु हुन लागेको जनाएको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।
तर, कहिलेबाट डिजिटल अडिसन सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । भ्वाइसमा सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए ।
देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने प्रतिभालाई सहजै पहुँच प्राप्त होस् भनेर भ्वाइसले डिजिटल अडिसन लिने गरेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।
सम्बन्धित समाचार
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

