भारतबाट फर्किएका १३ नेपालीमा कोरोना पुष्टि
बाँके जिल्लामा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ । नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ ।
भारतबाट करिब १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ । खतीको सिजन शुरू हुन थालेकाले भारतमा मौसमी कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । केही शहरबाट कोरोनाको डरले नेपाली घर फर्किएका छन् । नेपालीको ठूलो संख्या जाने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको कहर नदेखिएको त्यहाँबाट फर्किएका नेपालीहरू बताउँछन् । नेपालगन्ज नाकाबाट यति बेला पाँच सय बढी नेपाली दैनिक घर फर्किरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

