आजदेखि यी केन्द्रबाट लगाउन सकिनेछ चिनियाँ खोपको पहिलो मात्रा
काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउनका लागि आज (आइतबार) तीन खोप केन्द्र तय गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आज निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ ।
तर भोलि (सोमबार) बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ ।
त्यसैगरी, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ ।
सरकारले चिनसँग व्यापार गर्ने नेपाली नागरिक तथा सवारी चालक, सहचालकसँगै अन्य अत्यावश्यकीय सेवा क्षेत्रमा लागेका व्यक्तिलाई चिनियाँ खाेप दिँदै छ । त्यसैगरी प्राथमिकताका आधारमा उमेर समूह ताेकेर पनि सरकारले खाेपकाे व्यवस्था गरेकाे छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

