काठमाडौंमा एकैदिन १५ सयमा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश १ को इलाममा ५, उदयपुरमा ३, ओखलढुंगामा ७, खोटाङमा ३, झापामा २३, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११०, संखुवासभामा ५, सुनसरीमा ५ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १९, पर्सा ७९, बारामा ३०, महोत्तरीमा १, रौतहटमा १९, सप्तरीमा ६, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकमा २४, चितवनमा १०, दोलखामा ७, धादिङमा ६, नुवाकोटमा ६, भक्तपुरमा ९६, मकवानपुरमा ८, रामेछापमा ९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ८, नवलपरासी पूर्वमा १, पर्वतमा ३, मुस्ताङमा १८, म्याग्दीमा ८, बागलुङमा २७ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २२, गुल्मीमा ६, दाङमा ४९, नवलपरासीमा १४, पाल्पामा १५, प्युठानमा ४, बर्दियामा ३८, बाँकेमा ३५३, रुकुम पूर्वमा २, रुपन्देहीमा २०९ र रोल्पामा २ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, डोल्पामा २, दैलेखमा ११, रुकुम पश्चिममा ३, सल्यानमा १०, सुर्खेतमा ११८ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बाजुरामा १ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

