निर्मल पूर्जाको ‘फोर्टिन पिक्स’ एमी अवार्डमा मनोनित
काठमाडौं । नेटफ्लिक्सले कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ एमी अवार्डमा मनोनयन भएको छ ।
एमी टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिन्छ । उक्त फिल्म आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा छानिएको हो । जहाँ कम्पोजर नैनिता देसाई मनोनित भएकी छन् ।
देसाईले नेटफ्लिक्समा रिलिज भएलगत्तै समीक्षकबाट समेत ध्वनि रचनामा चर्चा पाएकी थिइन् । फिल्ममा उनले सगरमाथाको शून्यतामा ध्वनि सिर्जना गर्नुपर्ने चुनौती पार गरेर यो स्थान हासिल गरेकी छन् । अमेरिकाको लस एन्जलसमा सेप्टेम्बर १२ मा हुने समारोहमा विजेता घोषणा हुनेछ । अगस्ट १२ देखि २२ सम्म मतदानको प्रक्रिया रहेको छ ।
यस डकुमेन्ट्री फिल्मले पूर्जाले सात महिनाभित्रै कसरी ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल आरोहण गरी भन्ने चित्रण गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

