प्रचण्ड जापान जाने तय, यस्तो छ कारण..
एजेन्सी । जापानमा साउन २१ हुन लागेको ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी’ नेपालीको सरोकार विषयक अन्तरक्रियात्मक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमुख्य वक्ता हुने भएका छन् । जसका लागि प्रचन्ड जाने भएका हुन् ।
नेपाली जनप्रगतिशील मञ्चका महासचिव बाबुराम पौडेलले अगस्ट ७ तारिखका दिन टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ः३० बजेदेखि कार्यक्रम हुने जनाएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले नेपाल र जापान सरकारबीचको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन, नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान गर्नका आवश्यक पहल गर्ने उद्देश्यले प्रचण्ड भ्रमणका लागि जाने जानकारी दिए ।
यसैगरी, प्रचण्डले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरी द्विपक्षीय सम्बन्धका विषयमा छलफल समेत गर्ने जनाइएको छ । उनी चार सदस्यीय भ्रमण दलसहित जापान जाने भएका हुन् । मञ्चका अध्यक्ष पन्तले प्रचण्डले जापानमा विभिन्न ऐतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने जनाए ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

