अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिटको मुद्दा दर्ता
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्मो तामाङले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।
तामाङले कानुन बमोजिम सजायको माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताएका छन् । काठमाडौंको सिभिल मलमा गत जेठ १५ गते कबड्डी ४ फिल्मको प्रमोसनको भिडभाडमा मिरूनाले आफूमाथि ‘ब्याड टच’ (दुर्व्यवहार) भएको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन् । उनले प्रहरीमा फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी पनि दिएकी थिइन् ।
तर तामाङ तथा लामा समुदाय भने सार्वजनिक रुपमै विरोधमा उत्रिए र प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग गरे । विरोध बढेसँगै फूर्पालाई प्रहरी छाडेको थियो । त्यसलगत्तै, जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो ।
हाल भने फूर्पाले यो विषयलाई उजुरीमा पटकपटक पहल गर्दा पनि अभिनेत्री मिरूनाले माफी नमागेको र बेवास्ता गरेको पाइएपछि मुद्दा दर्ता गर्न बाध्य भएको जनाए । फिल्म प्राविधिक ठकुरीले पनि मिरूनालाई उक्साउएको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

