Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बन्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २८
वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बन्यो

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बनेको छ। नेपाल धितोपत्र बोर्डद्वारा सोमबार जारी नियमावलीमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई साधारण सेयर ‍आईपीओ मा कोटाको व्यवस्था गर्ने विषय समेटिएको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९ जारी गरेको हो।

जसअनुसार संगठित संस्थाद्वारा जारी गर्ने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत छुट्याउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यस्तो कोटामा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति लिएको बैंक वा वित्तीय संस्था तथा रेमिट्यान्स बचत खातामार्फत् मात्र भुक्तानी गर्न पाउने छन्।

यस्तो कोटामा आवेदन नपरेमा कम्पनीहरूले यस्तो सेयर सर्वसाधारण समूहमै थप गरी जारी गर्नुपर्नेछ।

Top Changing Nepal

युट्युब सट्स