सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित, बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति
काठमाडौँ । निश्चित गतिमा सेयर बजार हिँड्न छाडेपछि सेयर कारोबारमा ह्रास आएको छ। विहीबार सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित छ । किनबेच सुस्त हुँदा कारोबार रकम अघिल्लो बियरिस साइकल जति हुन थालेको छ । बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति हुने एक सेयर ब्रोकरले बताए। सेयर बजार यसरी थला पर्दा व्यवसाय सञ्चालनमा कठिनाइ आउन थालेको ब्रोकर सञ्चालक बताउँछन् ।
पछिल्लो समय बजार घटिरहँदा किनबेचमा लगानीकर्ताको सक्रियता कम भएको पाइन्छ। सस्तिएको मूल्यमा सेयर बेच्न नचाहनेहरु बजारमा थपिँदै गएका हुन्। यस्तै, अघिल्लो दिनको वृद्धिमा ब्रेक लगाउँदै सेयर बजार विहीबार सामान्य घटेको छ। बजार ९.८३ अंक घट्दा नेप्से परिसूचक १८३८.९६ को विन्दुमा सीमित हुन पुगेको हो।
बढी किनबेच भोलाटाइल प्रवृतिका सेयरमा मात्र देखिन्छ। फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्सको सेयर खरिद बिक्री अन्यभन्दा बाक्लो छ। विशेषगरि यस्ता स्टकको सेयर मूल्यले प्रमुख परिसूचकको सामान्य उतारचढावमा पनि प्रतिक्रिय देखाउने गर्छन्।
बिहिबार सर्वाधिक घटेको विन्दबासिनी हाइड्रोपावरको सेयर मूल्य हो। ५.२६ प्रतिशतका दरले हाइड्रोपावरका लगानीकर्ताले गुमाए। हाइड्रोपावर उपसमूहले एक प्रतिशत गुमाउँदा साम्लिङ पावरको सेयर मूल्यमा भने झन्डै सकारात्मक सर्किट लागेको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

