Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

जथाभावी कर्मचारी खटाउँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ३०
जथाभावी कर्मचारी खटाउँदा हुम्लामा स्वास्थ्य सेवा प्रभावित

काठमाडौँ । हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएकाले सेवा प्रभावमा समस्या भएको हो ।

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स