देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित
जानकारी केन्द्र
२०७९, माघ, ५
काठमाडौँ । देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन् । नेकपा ९एमाले० का सांसद घिमिरे नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख पदमा निर्वाचित भएका हुन् ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ‘देवराज घिमिरेलाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भनी राखेको प्रस्तावको पक्षमा १६७ मत खस्यो भने विपक्षमा १०० जना सांसद उभिए ।
यस्तै कसैलाई पनि समर्थन नगरीकन तटस्थ बस्ने सांसदको सङ्ख्या १ छ । सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत अर्थात् २७५ सदस्यीय प्रतिनिधि सभाका १३८ सांसदको समर्थन चाहिन्छ ।
सभामुख चयनको प्रयोजनसहित बसेको आजको बैठकमा २६८ जना सांसदहरू उपस्थित भएका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

