रवि लामिछानेका ड्राइभर छतबाट हाम फाले, टाउको र खुट्टामा चोट
जानकारी केन्द्र
२०८०, बैशाख, ४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक गम्भीर अवस्थामा भेटिएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
उनी करिब ३ तला माथिको घरको छतबाट खसेको अवस्थामा फेला परेका हुन् । थापा चितवनको भरतपुरमा भाडामा लिएको घरमा राति सुतेका थिए । तर, बिहान उनी सो अवस्थामा फेला परेको हुन् ।
प्रहरीका अनुसार थापाको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई बिहानै उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस लगिएको छ ।
थापा आइतबार रविलाई लिएर तनहुँको दमौली पुगेका आएका थिए । त्यस्तै, आज बारा जाने कार्यक्रम तय भएको थियो । त्यसअघि चितवनमै विभिन्न कार्यक्रममा सामेल हुने तयारी थियो ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

